रुपन्देही । रुपन्देहीको देवदहमा सहकारी सञ्चालन समस्याको पहिचान र निरुपणका उपायहरु विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारी संस्था देवदहको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । साना किसान कृषि सहकारी संस्था देवदहका अध्यक्ष टिका न्यौपानेको अध्यक्षता र देवदह नगरपालिका प्रमुख धुर्वप्रसाद खरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारी सञ्चालन समस्याको पहिचान र निरुपणका उपायहरु विषयक कार्यपत्र प्रस्तुत गर्दै जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष सुवकान्त न्यौपानेले सहकारी संस्थामा राज्यले अनुगमन र नियमन गर्न नसक्दा पछिल्लो समयमा केही सहकारीमा समस्या आएको बताउनु भयो । उहाँले सहकारी संस्थामा पछिल्लो समय राजनीतिक हस्तक्षेपका कारण समस्या आएको बताउदै सरकारले नियमित रुपमा अनुगमन गर्न आवश्यक रहेको औंल्याउनु भयो ।
उहाँले सहकारीहरुमा गलत प्रतिस्पर्धाका कारण जोखिम बढ्दै गईरहेको बताउनु भयो । उहाँले सरकारले सहकारीहरु दर्ता गरेपनि प्रभावकारी अनुगमन गर्न नसक्दा सहकारीमा समस्या आउने गरेको बताउनु भयो । उहाँले देवदह नगरपालिकाले अहिले सम्म पनि सहकारी निमावली बनाउन नसकेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले सहकारीहरुलाई नियमन गर्न नगरपालिका तयार रहेको बताउनु भयो । उहाँले सहकारीहरु उत्पादन बृद्धिमा लाग्न आग्रह गर्दै उत्पादन बृद्धिले मात्र नगरलाई समृद्ध बनाउन सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका लेखा संयोजक भिमप्रसाद तुलाचन, देवदह नगरपालिका अधिकृत गंगाप्रसाद पन्थी, साना किसान विकास लधु वित्त वित्तिय संस्थाका गणेश भट्टराई, सहकारी संघ लुम्विनी प्रदेशका महासचिव ऋषिराम सापकोटा, विशिष्टकृत सहकारीका खगराज शर्मा, साना किसान विकास लधु वित्त वित्तिय संस्थाका संचालक सुकदेव न्यौपाने लगायतले आ–आफना भनाई राख्नुभएको थियो ।
कार्यक्रममा देवदह क्षेत्रमा रहेका सहकारीका व्यवस्थापकहरुले आ–आफनो सहकारीका अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक सरला सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच