भारतमा प्लास्टिकमाथि प्रतिबन्ध

Read Time = 2 mins

नयाँदिल्ली । भारतमा प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । भारतले शुक्रबारदेखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको हो ।

देशभर लागू हुनेगरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामग्रीको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको छ । भारतको केन्द्रीय पर्यावरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामग्रीको सूची जारी गरेको छ । जसमा ७५ म्याक्रोनभन्दा तलका प्लास्टिकका झोला, प्लास्टिकको डण्डी भएका इअरवड, हट एअर बलुनको डण्डी, प्लास्टिकका झण्डा, क्याण्डी तथा आइसक्रिम स्टिक छन् ।

त्यस्तै, थर्माकोल, प्लास्टिकका प्लेट, चम्चा, काँटा, कप, चक्कु, स्ट्रे, मिठाइका बट्टा प्याक गर्ने वा मोड्ने प्लास्टिकजन्य वस्तु, निमन्त्रण कार्ड, चुरोटको प्याकेट, सय म्याक्रोनभन्दा तलका पिभीसी वा ब्यानर, चिनीलगायत वस्तुकहरूमा मिसाइने स्टिरलगायत छन् । यो नियमको उल्लंघन गर्नेविरुद्ध कैद सजाय तथा जरिवाना गर्ने भारत सरकारले चेतावनी दिएको छ ।

साथै राज्य सरकारलाई यस्ता सामग्रीको उत्पादन, बिक्रीवितरण र प्रयोगमा बन्देज लगाउन तथा सूक्ष्म निगरानी राख्न भनिएको छ । भारतीय केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार भारतमा प्रत्येक वर्ष साँढे दुई लाख टन सिंगल युज प्लास्टि उत्पादन हुन्छ भने प्रतिदिन २६ हजार टन प्लास्टिकजन्य फोहोर जम्मा हुने गर्दछ । त्यस्तो फोहोर आधाभन्दा बढी नदीहरूमा फ्याँक्ने गरिएको तथ्यांक छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?