पाँच दलीय गठबन्धन आगामी चुनावसम्म नरहने एमालेको निष्कर्ष

Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सत्तारुढ पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम नरहने निष्कर्ष निकालेको छ ।

पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले गठबन्धनमा रहेका दलहरुबीचको आपसी अविश्वासका कारण गठबन्धन कायम हुन्छ भन्नेमा विश्वास नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘गठबन्धनमा रहेका दलहरुमा एक अर्कापति अविश्वास छ,कांग्रेसले माओवादीलाई अपमानित ग-यो भन्नेछ । पार्टीभित्र फरक मत र गुटहरु देखापरेको छ यो चिज हेरौं न कसरी जााँदो रहेछ ।’

जनता समाजवादी पार्टी विभाजनको संघारमा रहेको र विभाजनपछि विभाजित दल कुन दलसँग तालमेलमा जान्छ भन्ने अहिले नै टुंगो नलागेको भन्दै गुरुङले भन्नुभयो,‘राजनीतिक घटनाक्रम हेर्दैछौ । हामी हातखुट्टा बाँधेर बस्ने कुरा हुँदैन । अहिलेको शक्ति संरचना भत्किने देखिन्छ, पार्टीहरुमा अन्तरविरोध सुरु भइसकेको छ । जे होस् गठबन्धन सग्लो रुपमा रहन्छ भन्ने विश्वास छैन ।’

एमालेले पार्टीका पूर्वउपाध्यक्ष वामदेव गौतमले चलाएको नेकपा एकता अभियानले गति लिन नसक्ने ठहर गरेको छ । एमालेका प्रचार विभाग प्रमुख गुरुङले गौतम नेतृत्वको अभियानप्रति एमालेलाई विश्वास नरहेको बताउनुभएको छ ।

यसैगरी एमालेले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

समितिको सदस्यमा पार्टीका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?