विघटित नेकपाका ५ सचिवालय सस्दयहरुबीच भेटवार्ता

Read Time = 1 min

काठमाडौं । विघटित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरु फेरि एक पटक एकजुट भएका छन् ।

तत्कालीन नेकपाका ९ सचिवालय सदस्य मध्ये पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका बीच आज भेटवार्ता भएको हो ।

उहाँहरुबीच छलफललाई निरन्तरता दिने समझदारी पनि भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ ।

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको उहाँले बताउनु भयो ।

हात्तीवन स्थित एक अपार्टमेन्टमा उहाँहरुबीच भेटवार्ता भएको स्रोतको भनाइ छ ।

तत्कालीन नेकपामा ९ सदस्यीय सचिवालय समितिमा थियो । जसमा पाँच नेताबाहेक केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल पनि हुनुहुन्थ्यो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?