काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत छात्रा हिराकुमारी जोशीलाई कक्षा १० अध्ययनका लागि स्वर्गीय नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्वर्गीय नवराजबहादुर सिंहको स्मृतिमा स्थापित नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिलकुमार नेपालले छात्रा जोशीलाई हस्तान्तरण गर्नुभएको हो ।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिकस्थिति कमजोर भएकाले अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नेपालले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच