काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य अञ्जन धमलाको नेतृत्वमा ई स्पोर्ट्स खेलको संस्थागत विकास शुरु भएको छ ।
चीनमा सम्पन्न गत १९ औं एशियाली खेलकुदमा पहिलो पटक नेपालले ई स्पोर्ट्स विधामा प्रतिष्पर्धा गरेको थियो । देशभित्र युवाहरूमाझ निकै लोकप्रिय र एशियन गेम्समा नेपालका खेलाडीले राम्रो प्रदर्शनपछि राखेपले ई स्पोर्ट्स खेलको संस्थागत विकास गर्ने पहल गर्दै आइरहेको छ । सोही क्रममा राखेपकै बोर्ड सदस्य धमलाको नेतृत्वमा ई स्पोर्ट्स संघ नेपाल (इसान) को तदर्थ कमिटी बनेको थियो ।
ई स्पोर्ट्स संघ नेपाल (इसान) को पहिलो साधारणसभाले धमलालाई नै निर्विरोध अध्यक्षमा चयन गरेको छ । काठमाडौंमा भएको सभाले धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रिय कार्यसमिति निर्विरोध चयन गरेको हो । नेतृत्वमा निर्वाचित भएपछि धमलाले सम्भाव्यता बोकेको यो खेललाई छिट्टै एशियाली खेलकुद र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा पदक दिलाउने आधार तय गर्ने बताउनु भयो ।
संघको वरिष्ठ उपाध्यक्षमा हिमविक्रम केसी, उपाध्यक्षमा कल्पदीप राई र पुरन खड्का निर्विरोध चयन भएका छन् । त्यस्तै महासचिवमा पवन कार्की तथा सचिवमा आशिष दाहाल र बालकुमार केसी निर्वाचित भएका छन् । घनश्याम ढुंगेल, सजीव भट्टराई, सिजन भट्टराई, पुकार केसी, डा. घनश्याम पाण्डे, प्रज्वल कडरिया, विपुल भट्टराई, मौसमी लामा र विजय खड्का सदस्यमा चयन भए । समान एक उपाध्यक्ष र सचिव तथा ३ सदस्यको मनोनयनपछि कार्यसमितिले पूर्णता पाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच