आयुर्वेद स्वास्थ्य शिविरमा ३१५ नागरिक लाभान्वित

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-२ ठेहे गाउँमा गाउँघर क्लिनिक तथा नसर्ने रोन सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले ठेहे गाउँमा शनिवार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै निशुल्क औषधि समेत वितरण गरेको छ । स्वास्थ्य शिविरबाट ३ सय १५ नागरिक लाभान्वित भएका छन् । एक दिन सञ्चालन भएको शिविरमा ठुलो संख्यामा नागरिकले सेवा लिएका हुन् ।

आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा १ सय ८१ महिला र १ सय ३४ पुरुषले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख शंकर शाह रोनिहारले जानकारी दिनुभयो । यस्तै ७६ जना जेष्ठनागरीकले उक्त शिविरमा सेवा लिएका हुन् । सेवा लिनेमा ३५ प्रतिशत बढी ज्येष्ठनागरिक समेत रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रोनिहारले बताउनुभयो । सदरमुकाम सिमकोटसम्म आउन नसक्नेले सहजै सेवा लिन सकेको बताइएको छ ।

शिविरमा नसर्ने रोगहरुको चेकजाँच गर्नुका साथै औषधि वितरण गरिएको हो । यस्तै वात रोगको उपचार जोर्नी, ढाड र जिउ दुख्ने विरामीको उपचार गरिएको छ । भने अम्लपित(ग्याष्ट्रिक),पेटको समस्या, अनिन्द्रा, उच्च रक्तचाप, मधुमेह, रक्तप्रदरलगायतका बिरामीको उपचार गरिनुका साथै औषधिसमेत वितरण गरिएको थियो ।

यस्तै जेष्ठनागरीकलाई रसायन बल बढाउने औषधिसमेत वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र कार्यालय हुम्लाले बताएको छ । शिविरमा स्तनपायी आमाहरुलाई दुग्ध बर्धक औषधि वितरण गर्नुका साथै वात सामक तेल पनि वितरण गरिएको केन्द्रका प्रमुख रोनिहारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?