काठमाडौं । उम्मेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेसको बैठक दोस्रो दिन पनि निष्कर्षविहीन बनेको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक उम्मेदवारको टुंगो लगाउन असफल भएको छ ।
बैठक भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको छ । संस्थापन र इतर समूहबीच सहमति हुन नसकेपछि उम्मेदवार चयनको विषय कांग्रेसमा पेचिलो बनेको छ । यसअघि मंगलबार पनि उम्मेदवार छान्न बैठक बसेको थियो । तर, हिजो पनि सहमति हुन सकेन । बरु नेताहरूबीच ‘नोकझोक’ को स्थिति सिर्जना भएको थियो ।
कांग्रेसमा इलाम–२ को उम्मेदवारको विषयमा विवाद छ । पार्टी सभापति देउवा डम्बर खड्कालाई उम्मेदवार बनाउनुपर्ने अडानमा हुँदा संस्थापन इतर पक्ष भने भेषराज आचार्यको पक्षमा छ ।
आज पनि कुरा नमिलेपछि भोलि फेरि बैठक बस्ने सहमति भएको छ। भोलि बिहान ९ बजे संसदीय बोर्डको बैठक बोलाइएको छ । स्रोतका अनुसार बिहीबारको बैठकमा उम्मेदवारका आकांक्षीहरुलाई पनि बोलाइएको छ ।
यसैगरी दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्ने छ । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने बैठक सहमति नजिक रहेको दाबी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच