✍️ कलानिधि दाहाल
दार्शनिक गहिराइबाट माथि पुगेका केही व्यक्तिबाहेक सामान्य मानिसको स्वभाव, बोलीवचन, कार्य गराइ लगभग एउटै घेरामा आएर थन्किन्छ । न्युजिल्याण्डमा बसोवास गर्ने र गरेका नेपालीमा यिनै स्वभावहरू विद्यमान छन् । मैले पर्दा उसलाई हुनेसम्म, सक्नेभन्दा पनि माथि आफू रित्तिने अवस्थामा पुगेर गरेँ तर मलाई पर्दा उसले सक्नेसम्म पनि सहयोग गर्न चाहेन भन्नेहरूको मनोवृत्ति विदेशिएका व्यक्तिहरूमा अझ बढी हुँदोरहेछ । यो एक किसिमले स्वाभाविक पनि हो । परिवेश आफ्नो हुँदैन, परिवार आफ्नो हुँदैन, परिस्थिति अनुकूल हुँदैन । यस्तो निस्साएिको अवस्थामा अर्को कसैले सानो सहयोग गरे पनि उपल्लो किसिमको ठहर्छ ।
कहिल्यै परिचित नभएका नाममात्रले परिचित भए पनि खास चाहनाको परिचय तत्काल मानवीय स्वार्थका आधारमा नदेखिएर पनि त्यस निराजुको मुलुकमा पुगिसकेपछि मान्छेलाई आफन्तले वा देशको कोही भनेपछि छुँदोरहेछ । छुने पनि केही अन्तर कारण हुन्छन् । उसले बोलायो, मैले पनि बोलाउनुपर्छ । उसले खुवायो, मैले पनि खुवाउनुपर्छ । उसले घुमायो मैले पनि घुमाउनुपर्छ । यिनै अन्तर कारणका बाहिरी प्रभावले हामी छोरीज्वाइँका घरबाट सपरिवार नै शङ्करका घरमा निमन्त्रित भयौँ ।
चारैतिर झपक्क दुबोले चुम्बा गरेको जमिन । नेपाली स्वभाव, नेपाली संस्कार, नेपाली आचरणयुक्त उनकी पत्नीले बनाएका गन्न नभ्याइने मिष्ठान्न, परिकारहरू, काठकै बाहिरी भागमा सजिएको खाटजस्तो अग्लो भागमाथि अनौठा र अचम्म खालका कुर्सीमाथि बसेर चारैतिर मस्त जवानी फैलाएका घामको ओछ्यान, चिसो याममा यसभन्दा अर्को कुनै आनन्दको अनुहार खोज्ने दुस्साहस कसैले गर्ने चेष्टा गर्नु निरर्थक हुन्छ नै ।
फराक फाँटमा फैलिएको चिटिक्क परेको घर । चारैतिर झपक्क दुबोले चुम्बा गरेको जमिन । नेपाली स्वभाव, नेपाली संस्कार, नेपाली आचरणयुक्त उनकी पत्नीले बनाएका गन्न नभ्याइने मिष्ठान्न, परिकारहरू, काठकै बाहिरी भागमा सजिएको खाटजस्तो अग्लो भागमाथि अनौठा र अचम्म खालका कुर्सीमाथि बसेर चारैतिर मस्त जवानी फैलाएका घामको ओछ्यान, चिसो याममा यसभन्दा अर्को कुनै आनन्दको अनुहार खोज्ने दुस्साहस कसैले गर्ने चेष्टा गर्नु निरर्थक हुन्छ नै । नेपालको पश्चिमी भागका भए पनि अब पुरानो नेपाल छैन । मेचीमहाकाली नेपालीको अन्तर संस्कारमा नजानिदा किसिमका केही भिन्नताका अवशेष बाँकी रहे पनि सालाखालामा भिन्नाभास आभासित नहुने अवस्थाको सिर्जना भइसकेको छ ।
मृदुभाषी पत्नी र कार्यदक्षतामा कुशल भाइका साथ न्युजिल्याण्डको सुन्दर वातावरणका घर मालिक बनेका शङ्करको परिवार बाहिरबाट हेर्दा त यसै पनि स्वर्गीय आनन्दको सानो टुक्रोमा अवस्थित छ । वाक्चतुर शङ्करमा जीवन जगत्को भित्री बुझाइ पनि घनीभूत भएकाले समाजसँग राम्ररी भिडेर अस्तित्वशाली जीवन जिउन सक्ने क्षमता यिनमा टड्कारो रूपले देखिन्छ ।
आफैँमा विदेशी भूमिहरू मानवीय दृष्टिले कमजोर र रुग्ण छन् । यान्त्रिकताको चरममा पुगेर यात्राको निकास लगभग बन्द भइसकेको विदेशीभूमिको मनोलोक कसरी कुन बाटो अब तय गर्छ त्यो भन्न सकिन्न । यस अवस्थालाई हेर्ने हो भनेखानु, लाउनु, बस्नु, व्यवसायमा रमाउनु र मस्ती लुट्नुभन्दा माथिको यात्रा सालाखाला भारतीय उपमहाद्वीपभन्दा उताका जमिनमा देखिन्न । एकदमै अपवादको सङ्ख्याबाहेक । कारण यो पनि हुन सक्छ विदेशमा रहेका नेपाली मानसिकता यसबाट अनजानमा वाक्क भएर पल्भर बँचेको समय केही चाहिँ सिर्जनात्मक क्षेत्रमा लगाऊँ भन्दै अलिकति सङ्ख्याका व्यक्तिहरू यसतिर बलले लागेका छन्, दुखले लेख्दै छन् । यस द्वैध स्वभावले पनि उनीहरूमा सुखको यात्राभन्दा बढी दुःखको यात्रा बनिरहेको छ ।
यो झापाली, यो स्याङ्जाली यो उपत्यकाली, यो कँठेलीजस्ता सङ्कीर्ण र दुर्बल भावनाले ग्रस्त मानव संस्कार अझ गाढा भएर रहनु नै नकारात्मक विनाशी विचारको द्योतक हो । विदेशमा रहेका नेपाली मनोलोकमा यो नकारात्मक पक्ष अझ घनीभूत भएर रहँदो रहेछ । उसले प्रगति गर्यो यति समयमा, म के कम ?
यी विरोधाभासबाट शङ्कर मुक्त छन् । लगभगपूर्ण भौतिकवादी । खरो स्वभाव । चाहिनेभन्दा केही अंश बढी नै बुझाइको मात्रा भएकाले उनमा जीवनप्रति दुविधा छैन । अतीतसँग गुनासो छैन । वर्तमानसँग अविश्वास छैन । गाडी रफ्तारमा चलेको छ । गर, खाऊ । भोलि नसोच–कसैले देख्दैन । देखेको काल्पनिक चेष्टामा रमाउन खोज्नु दुःख हो । विगत नसम्झ फेरि फर्कन्न चाहे सुख होस् चाहे दुख । यस गहिराइबाट उनी जीवन हेर्ने क्षमता राख्छन् । यिनलाई एक हिसाबले सलाम नै गर्नुपर्छ यस सोचका लागि । नजिक हुँदा आफ्नो परिवेश, भौगोलिक निकटता, स्थानगत समानतामा मान्छेको मन टाढा र दूरतामा नजिक हुने एक प्रकारको प्राणीजन्य प्राकृतिक स्वभावले मान्छे अगाडि बढ्ने रहेछ । यसका प्रत्यक्ष प्रमाण त कहिल्यै नदेखेका, नसुनेका आदत एवं स्वभावमा समेत एकदम नै दूरताको स्थिति रहने पनि यस अवस्थामा बोलौँजस्तो, सँगसँगै रहौँजस्तो, एक अर्कामा गफिऊँजस्तो लाग्ने रहेछ ।
त्यस दूरतामा पनि मान्छेभित्रका अज्ञानताहरू अलिकति ठाउँ पाउनासाथ धमिला पोखरीमा खेल्ने वा पौडने रहर चाहिँ यथावत रहँदारहेछन्, जसरी नजिकपासोमा हुँदा रहन्छन् । पुरानो र सायद अहिले पनि उस्तै होला तीनधारा संस्कृत छात्रावासको याद आउँछ मलाई यो स्थिति विदेशमा पुगेर देख्दा । धादिङे र पूर्वेली विद्यार्थीका बीच अन्तरआत्मादेखि नै यति कटुता हुर्केर सुषुप्त मनभित्र डेरा जमाउँथ्यो, अनुकुल समय देखिनासाथ त्यसले मानवताका सम्पूर्ण सीमापार गरेर शक्ति प्रयोग प्रहारको टुँडीखेल बन्नपुग्थ्यो । कति सङ्कीर्ण सोचका दास बनेर उभिएका हुन्छन् मान्छेहरू । पढालेखा चेतनशील मान्छेका मन पनि यस छुद्रताबाट किन अलग रहन सक्दैनन् ?
अर्को क्षेत्र विशेषको झल्झली सम्झना आउँछ यसै सन्दर्भमा । जलेश्वरको मटिहानी स्थित यज्ञवल्क्य क्याम्पसमा अध्ययनरत रहँदा पहाडिया र मधेसियाका बीच विद्यार्थी विद्यार्थीमा होस् वा विद्यार्थी र स्थानीय शक्तिका बीचमा होस् यही हीनताभाषी द्वन्द्व, यही छुद्रता, यही अज्ञानता र यही कटुता । मारामार लाठी, भाला, खुर्पा, तरवार जे छन् उपलब्ध तिनकै साथमा नाङ्गा नाँच । त्यो बेला त्यस परिवेश विशेषमा मान्छेभित्रको मान्छे कता हराउँछ ? ठीक यही स्थिति विदेशमा रहेका नेपालीहरूमा अझ तीव्र रूपले विकसित भएको पाइन्छ । यो झापाली, यो स्याङ्जाली यो उपत्यकाली, यो कँठेलीजस्ता सङ्कीर्ण र दुर्बल भावनाले ग्रस्त मानव संस्कार अझ गाढा भएर रहनु नै नकारात्मक विनाशी विचारको द्योतक हो । विदेशमा रहेका नेपाली मनोलोकमा यो नकारात्मक पक्ष अझ घनीभूत भएर रहँदो रहेछ ।
उसले प्रगति गर्यो यति समयमा, म के कम ? यसभन्दा बढी सजिलै गरेर देखाउँछु, फुर्ति गर्ने हो ? यसबाट नै द्वन्द्वको जन्महुने र नेपाली घरमा विदेशी राख्न इच्छुक तर नेपाली कोठा नपाएर छट्पटाए पनि नदिने वा वास्ता नगर्ने नेपाली संस्कार आफैँमा असल पक्षको उदाहरण होइन । अझ दुबई, कतारतिर त यस्तै ससाना निहुँतिहुँले नेपालीले नेपालीकै जीवन समाप्त गरी आफैँ आजीवन कारागारका छिँडीमा कोचिएका उदाहरण हामीबाट छिपेका छैनन् ।
ठगीका पुल बनाएर विविध माध्यमबाट नेपालीका कारणले नै नेपाली रुने क्रम बिस्तार त अमेरिकन नेपालीहरूमा अझ ज्यादा छ । विवाह गर्ने नाटकका तार जोडेर एक पुरुष वा महिलालाई टाट बनाइसकेपछि उसलाई परित्याग गर्ने र अर्कोसँग त्यही धन्दा गर्ने नारी÷पुरुष दुवैको लाम छ अमेरीकन नेपाली समाजमा जब कि त्यहाँ पूर्ण यौन स्वतन्त्रता छ । खुला दुकान वा पेसा नै यसलाई चलाएर बसे पनि कानुन÷समाज दुवैले जागिरका रूपमा मात्र हेर्छन् ।
त्यस्ता ठाउँमा त नेपाली छुद्र मानसिकता परिवर्तित भएर उदार हुनुको साटो त्यही साँघुरो, अपरिपक्क, अन्धताले ग्रस्त संस्कारको बिस्कुन सुकाएर बस्छ भने अन्य साना देशहरू जहाँ नेपाली समाज एकदमै कम छ चाहेर भेट हुन पनि सम्भव छैन, परेका बेला साथसहयोगको आशा नै नरहेका ठाउँमा त अरूकामा त कुरै छाडौँ नेपालीले नेपालीका घरमा पुग्नु नै घाँडो हुन्छ । अझ न्युजिल्याण्ड त यसका लागि अनुकूल छँदै छैन । एक तले घर । भएका चोटाकोठामा मान्छे बसिसकेका हुन्छन् । कहाँका को ? थाहा हुन्न । यहाँकै अर्थात आफ्नै देशका भए पनि मतलब रहन्न । मानवीय संवेदनाबाट मान्छे यति टाढा पुगिसक्यो जहाँ फेरि यस ठाउँमा फर्केर आउने सम्भावना एकदम नै कम । तैपनि अहिलेसम्म केही नेपालीहरूसँग न्युजिल्याण्डभित्र यो मानवीय संवेदना रहेका निकै व्यक्तिमध्येको एक हो-शङ्कर परिवार ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच