उपराष्ट्रपति र भारतीय राजदूतबीच भेट– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्यको प्रस्ताव

Read Time = 2 mins

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

बिहिबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनु भयो । उहाँले दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउँदै उहाँले नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्ने बताउनु भएको थियो। त्रीपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने उहाँले जनाउनु भयो ।

भेटमा उपराष्ट्रपतिले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने जनाउनु भयो ।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमिकी मित्र भएको बताउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?