काठमाडौं । हाम्रो खानले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्दछ । के खाना कति बेला खाने भन्ने कुरा बारे जानकार नहुँदा कतिपयले ठूलो स्वास्थ्य समस्याको सामना गरिहनु परेको छ ।
शारीरका लागि आवश्यक पर्ने खाना खाने समयमा ध्यान दिइएन भने त्यसले तपाईंको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । स्वास्थ्य जीवनयापनका लागि राति ८ बजेभन्दा अगाडी नै खाना खानुपर्ने चिकित्सकहरु बताउँछन् ।
राति ढीला सुत्दा मानिसहरुमा खाना खाने बानी पनि ढीलो हुन थालेको छ । यसले मानिसको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।
राति ढीला खाना खादा पर्ने असर
पाचन प्रक्रियामा समस्या
तपाईंलाई यदी ग्यास्ट्रिकको समस्या छ भने खाना खाने समयमा परिवर्तन गर्नुहोस् । अबेर राति खाएको खाना तपाईंको शरिरमा राम्ररी डाइजेस्ट हुन सक्दैन् । जसका कारण ग्यास्ट्रिकको समस्या बढ्छ ।
सुत्नमा समस्या हुन्छ
अबेर रातीमा खाना खानुले शरीरको स्लीप साइकिल डिस्टर्ब हुन्छ । सन २०१५ मात्र गरिएको एक अध्ययन अनुसार, अबेर राति खाना खानुनले निद्रामा त समस्या हुन्छ नै साथमा ग्यास्ट्रिकले पनि सताउँछ ।
ब्लड प्रेसर बढ्छ
गलत समयमा खाएको खानाले शरीरलाई फाइदा भन्दा धेरै असर पुर्याउँछ । ढीला खाना खाँदा हृदयघात र मधुमेहको खतरा बढी हुन्छ । अध्ययनअनुसार, अबेर राति खाना खाँदा ब्लड प्रेसरको समस्या तथा ब्लडमा सुगरको लेवल समेत बढ्छ । जुन मानिसको स्वास्थ्यका लागि खतरनाक सावित हुन सक्छ ।
तौल बढ्नु
अबेर राति खाना खानुले शरीरको स्केडियन क्लक पनि प्रभावित हुन्छ । स्केडियन क्लक बिग्रनुले निन्द्रामा समस्या आउनुका साथै हार्मोन्सको संतुलन पनि खराव भएर जान्छ । यसले शरीरको तौल बढ्न थाल्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच