आदिकवि ‘भानुभक्त’ प्रति समर्पित गीत सार्वजनिक

Read Time = 1 min

काठमाडौं । आदिकवि भानुभक्त आचार्यप्रति समर्पित गीत सार्वजनिक गरिएको छ । ‘भानुभक्त’ बोलको गीतमा सञ्चमान राईको शब्द रहेको गीतमा किरण गज्मेरको स्वर छ । गीतमा विश्वास गुरुङको संगीत छ ।

गीतको भिडियोमा भने कमल सिंहले अभिनय गर्नुभएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियो प्रकाश धितालले निर्देशन गर्नुभएको हो । भिडियो कोरियाग्राफ केशवराज भट्टको छ । भिडियोको एसोसिएट डाइरेक्टरको रूपमा लोकराज अधिकारी रहनुभएके छ । लोकराजले भिडियोमा पनि अभिनय गर्नुभएको छ ।

विसं १८७१ असार २९ गते तनहुँमा जन्मिनु भएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकविको रूपमा परिचित हुनुहुन्छ । आचार्यको विसं १९२५ असोज ६ गते मृत्यु भएको थियो । आदिकवि आचार्यको जीवनीका बारेमा सोधपत्र तयार गर्न काठमाडौंबाट तनहुँ पुगेका एक युवाले के-के पाए भन्ने विषयमा भिडियो तयार गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?