काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बिहीवार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदुत सङबीच भेटवर्ता भएको हो । भेटमा चीनका तर्फबाट राजदुतले उपप्रधान एवं शहरी विकासमन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।
नेपाल र चीन बीचमा शहरी विकासको क्षेत्रमा सहकार्यका बारेमा पनि छलफल भएको छ ।
चीनले रुकुम र जाजरकोटमा गत वर्ष गएको भूकम्पपछिको पुनःनिर्माणमा सघाउन तयार रहेको राजदुतले बताउनुभएको थियो । भेटमा उपप्रधानमन्त्री सिंहले दुवै देशबीचको सम्बन्ध बिस्तार गर्दै नेपाललाई अझै बढी सहयोग गर्न आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच