काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज तीन वटा दमकल ल्याएको छ ।

‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन् ।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘दमकलहरुको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।’

सकेसम्म अग्नी दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प भएको जनाउँदै उहाँले आगोको बिषयमा कहिलै पनि हेलचेक्राइँ नगर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

महानगरपालिकाका प्रमुख शाहले भन्नुभएको छ ‘आगोको प्रयोगमा असाध्यै धेरै सावधानीको आवश्यकता जहाँसुकै र जहिलै हुन्छ । काठमाडौं जस्तो क्षेत्रहरु जहाँ आफ्नै संरचनागत खराबीहरुले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता छ, त्यस्ता क्षेत्रहरुमा आगलागीका बिषयमा झन् धेरै सचेत र होसियार हुनै पर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?