सर्लाही । हरिपुरस्थित ग्रामीण नारी उत्थान संघमा आज संस्थाको संस्थागत समिक्षा बैठक सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष गोमादेवि न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा संस्थाले आफ्नो वार्षिक समिक्षा बैठक सम्पन्न गरेको हो ।
बैठकमा संविधान सभा सदस्य रामचन्द्र चौधरी, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र महतो, जिल्ला समन्वय अधिकारी कमलबहादुर कार्की, हरिपुर नगरपालिकाकी उपप्रमुख निलमदेवी राय यादव, गैर–सरकारी संस्था महासंघका केन्द्रिय सदस्य लक्ष्मी सिंह, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
हरिपुर र ईश्वरपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, महिला,बालबालीकाको जीवको पार्जन लगायत क्षेत्रमा काम गरिरहेको संस्थाको वार्षिक समिक्षा बैठकमा दुवै पालिकाका वडाध्यक्ष, शिक्षा, स्वास्थ्य, कृषि र महिला तथा बालबालिका शाखाका प्रमुख बाल क्लब, महिला समूूह ,आमा समुह लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा संस्थाका सचिव सूर्य चालिसे, कार्यकारी निर्देशक डा. कमलबहादुर थिङ र दीपक भण्डारीले सस्थाले गत आव ०८०÷०८१ भए गरेको कामको प्रगति विवरण प्रस्तुुत गर्नुुभएको थियो । संस्थागत परिचय संस्थाका सचिव सूर्य चालिसे, गर्नुभएको थियो भने समुुन्नती परियोजनाको प्रगती विवरण दिपक भण्डारीले गर्न भएको हो । ग्रामीण नारी उत्थान संघले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा संचालीत समुुन्नति परियोजना अन्तर गत आर्थिक वर्षमा ६ करोड ३१ लाख ८३ हजार २ साय ९२ रुपौया बराबरको कार्यक्रममा संचालन भएको जानकारी दिँदै यस परियोजनाको २०१७ देखि २०२३ सम्म गरेको कामको अध्यावधि मुल्याङन समेत गरिएको परियोजनाले जनाएको छ ।
कार्यकारी निर्देशक डा. कमलबहादुर थिङस सेभ द चिल्ड्रेनको सहयोगमा संचालित शिडा सि एफ एम र पहुँच तथा ग्राउन्ड्सवेल सहयोगमा संचालित जिविको पाजन कार्यक्रमको प्रगति विवरण प्रश्तुत गर्नुभएको थियो । सस्थाले सेभ द चिल्ड्रेनकाको सहयेगमा यस गत वर्ष पहुुच परियोजनामा १ करोड ०५ लाख ४९ हजार २ साय ९३ रुपैयाँ बराबरको कायक्रमा संचालन भयको बताउनु भयो । त्यस्तै सिडा परियोजनाबाट ४२ लाख ७७ हजार ६ सय ४० रुपैयाँ बराबरको कारोवार भएको जानकारी दिनुभयो । सि.एफ एम परियोजनाले ५३ लाख ३३ हजार ७ सय ६२ रुपैपा बरावरको परियोजना संचालनको क्रममा खर्च भएको बिवरण कायक्रममा प्रश्तुत गर्नुभएको छ । ग्राउन्ड्सवेल इन्टरनेशनल परियोजना अन्तर गत वर्ष यस सस्थाले १३ लाख ६३ हजार १ सय १७ रुपैया वरावरको कायक्रम संचालन गरेको संस्थाले जानकारी दियको छ ।
सस्थाले गरेको कामले समाजमा सकारात्मक परिवर्तन आएको र प्रत्यक्ष रुपमा समाजले फाईदा पुग्ने गरी कागजमा भन्दा पनि समुदायमा पुग्ने गरि गरेको देखिएको संविधानसभा सदस्य रामचन्द्र चौधरीले बताउनुुभयो । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको थोरै बजेटबाट पनि धेरै काम गर्न सकिने गरी काम गरेको भन्दै यस्ता सस्थाबाट अरु निकायले समेत सिक्न आवश्यक रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच