संसारकै सबैभन्दा वृद्ध पाण्डाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बेइजिङ । संसारकै सबैभन्दा वृद्ध पाण्डाको मृत्यु भएको छ । चीन सरकारले उपहारस्वरूप हङकङलाई दिएको एनएन नाम गरेको पाण्डाको ३५ वर्षीय भाले पाण्डाको मृत्यु भएको ओसियन पार्कले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो ।

पाण्डा ३५ वर्षको भए पनि मानिसको १०५ वर्षको उमेर बराबर हुने वेबसाइटमा उल्लेख छ । पाण्डाले पछिल्ला हप्ताहरूमा अस्वस्थ भएका कारण खाना खान छोडेको हेरचाहमा खटिएका व्यक्तिका बताएका छन् । पाण्डालाई हङकङको ओसियन पार्कमा सन् १९९९ देखि राखिएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?