क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । क्यानडाविरुद्ध जारी सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।

कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए । सुरुवाती दुवै खेल जितेर २-० ले सिरिज पक्का गरिसकेको नेपाल घरेलु सिरिजमा पहिलो पटक क्लिनस्विप गर्ने प्रयासमा छ ।

नेपालका लागि डेब्यु गरेका हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् । अबको केहीबेरमा नेपालले ब्याटिङ गर्दै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?