
काठमाडौं । आकृति रोशयारा, संस्कार खनाल, रिवानी बस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल-२०२४’को उपधि जित्नुभएको छ । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्ल र संस्कार सिनियर ब्वाइजतर्फको विजेता बन्नुभएको हो ।
काठमाडौंमा सम्पन्न प्रतियोगितामा जुनियर गर्लतर्फ फष्ट रनरअप प्रिन्सु पुडासैनी, सेकेण्ड रनर अप भाविस्का दाहाल, थर्ड रनरअप आयंसी सापकोटा र फोर्थ रनरअप काब्या बुढाथोकी चुनिँदा सिनियर गर्लतर्फ फष्ट रनरअप दृष्टि सिंह थारू, सेकेण्ड रनरअप आरोही कर्ण, थर्ड रनरअप ब्रिसा भट्ट, फोर्थ रनरअप जेसी महर्जन हुनुभयो ।
प्रतियोगितामा सिनियर ब्वाइजतर्फ फष्ट रनरअप आरोहण चिपालु, सेकेण्ड रनर अप अग्रीम पोखरेल थर्ड रनरअप राहुल यादव, फोर्थ रनरअप रुबिन श्रेष्ठ घोषित हुनुभयो ।
विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसरका अलवा विभिन्न गिफ्ट हृयाम्पर प्राप्त गरेका थिए । लभ कार्की (मुख्य कार्यकारी निर्माता मिडिया ९), मनोज विश्वकर्मा (प्रिन्सिपल युनाइेटट स्कुल), सन्तोष चापागाईं (इसिए कोअडिनेटर भ्याली भ्यु–स्कुल), सब्रिना मधिकर्मी (लिडर सिसिए इभेन्ट स्टुडेन्ट वेल फेयर), विमल कटवाल (प्रिन्सिपल ललितपुर युरो स्कुल), आशिष थापा (चिफ अपरेशन अफिसर-जेभियर इन्टरनेशनल स्कुल), अनामिका कार्की (स्कुल प्रोग्राम म्यानेजर-काठमाडौं युरो आईबी वल्र्ड स्कुल’लगायत निर्णायक रहनुभएको थियो ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आठौं संस्करणअन्तर्गत आयोजना गरेको प्रतियोगिता बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हँुदै आएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोचराज फैजुले बताउनुभयो । प्रतियोगिताको कोरियोग्राफी फैजुले गर्नुभएको थियो भने ड्रेस डिजाइन श्रीषा बैदारले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच