यु-२० को कप्तानमा आयुष

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भारतमा हुने साफ यु-२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी आयुष घलानले गर्नुहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको टोलीमा रोहित सुब्बालाई दिपेश राईको स्थानमा समेटिएको छ । दिपेश घाइते भएपछि रोहितले उहाँको स्थान लिनुभएको हो ।

एन्फाले घोषणा गरेको नेपाली टोलीमा गोलरक्षकमा ईश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख, डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा रहनुभएको छ ।

यस्तै मिडफिल्डरमा दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान तथा फरवार्डमा रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी रहनुभएको छ ।

यस्तै मुख्य प्रशिक्षकमा मेघराज केसी, सहायक प्रशिक्षकमा बालगोपाल साहुखल, गोलकिपिङ प्रशिक्षकमा उज्ज्वल मानन्धर तथा टिम व्यवस्थापकमा दिवाकर घले रहनुभएको छ ।

साफका लागि नेपाली टोली शुक्रबार भारतको भुवनेश्वर प्रस्थान गरेको छ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले २५ जुलाईमा माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले श्रीलंकासँग जुलाई २७ मा, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका सबै खेल भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?