काठमाडौं । नेपालस्थित बिवाइडी अटोको आधिकारिक बिक्रेता साइमेक्स इंकले बाढी पहिरोपीडितका लागि साइमेक्स बिवाइडी च्यारिटी फाउण्डेसन(सिबिसिएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख पाँच सहयोग गरेको छ । एक कार्यक्रमबीच शुक्रबार कम्पनी अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा कम्पनीकी प्रबन्धक निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठको पनि उपस्थिति थियो । कम्पनीका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हामी साइमेक्स र बिवाइडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकताअनुसार सहयोग गर्न प्रतिबद्ध छौँ ।
हामी विनाशकारी बाढीपहिरोबाट प्रभावितलाई साइमेक्स बिवाइडी च्यारिटी फाउण्डेसनमार्फत् तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच