बेजिङ । चीनले छवटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह बुधबार अन्तरिक्षमा पठाइएको हो ।
अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् ।
यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान-१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ । (रासस/सिन्हृवा)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच