विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीद्वारा राजीनामा

Read Time = 3 mins

काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले आज पदबाट राजीनामा दिनुभएको छ ।

पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बन्नुभएका उप्रेती पछिल्लो समय पर्ख र हेरको अवस्थामा हुनुहुन्थ्यो ।

२०७५ फागुनमा पार्टीको औपचारिक सदस्यता लिनुभएका उप्रेती मध्यपूर्वको सद्भाव समूहको संयोजक, हुँदै २०७७ असोजमा केन्द्रीय सदस्यमा मनोनित हुनु भएको थियो। केन्द्रीय सदस्य नियुक्त भएसँगै केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र त्यसको लगत्तै प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको समेत जिम्मेवारी पाउनु भएका उप्रेती पार्टीका आन्तरिक विवादहरूमा तटस्थ रहँदै आउनु भएको थियो।

पछिल्लो समय राष्ट्रिय दल बाहेक अन्य पार्टीहरूले स्थानीय तहको निर्वाचनमा दलको चुनाव नपाउने कानुनी प्रावधानको विरुद्ध पार्टीको तर्फबाट नेतृत्व गर्दै ३८ दलको मोर्चा बनाएर सङ्घर्षमा उत्रिनुभएका उप्रेती पार्टीको आन्तरिक कलहको बाबजुद अन्तिम समयमा अप्रत्याशित किसिमले स्थानीय तह निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएको लामो समय बितिसक्दा पनि नयाँ अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका उप्रेतीको राजीनामालाई अर्थपूर्ण मानिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?