काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ ।
पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
माओवादीले अहिलेसम्म स्थायी कमिटीलाई पनि पूर्णता दिन सकेको छैन्। ४१ सदस्यीय हुनुपर्नेमा हाल जम्मा २५ जना मात्रै चयन भएका छन्। स्थायी कमिटीलाई पूर्णता दिएर आजै पोलिटब्युरो चयन हुने बताइएको छ।
यसअघि बसेको केन्द्रिय समिती बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पोलिटब्युरोको नामावलीमा विवाद भएपछि थाँती राखिएको थियो। महाधिवेशनपछि बसेको पटक-पटकको केन्द्रिय समिति बैठकले जिम्मेवारी बाँडफाँड टुंग्याउन नसक्दा नेतृत्वलाई दबाब बढेको छ।
यस्तै माओवादीले आज जनार्दन शर्मालाई फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्काउने निर्णय गर्दैछ। बजेट निमार्णका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने आरोप पुष्टि नभएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मालाई नै माओवादी केन्द्रले फेरि जिम्मेवारीमा पठाउने तयारी गरेको हो।
स्थायी कमिटी बैठकले शर्मालाई पुनः जिम्मेवारीमा फर्काउन सिफारिस गर्ने प्रवक्ता महराले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच