उदयपुर । बिहान ४ बजे उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन ।
सप्तकोशीले पश्चिमतर्फको भागमा निरन्तर कटान गर्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका हुन ।
पूर्वी पहाडमा लगातारको वर्षात्सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी मानव वस्तीमा पसेको र सो क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरिएको नगर प्रमुख अशोक कार्कीले बताउनुभयाे ।
उहाँका अनुसार बुधवार बिहानसम्म करिब २५ मिटर कटान गरेर कोसीको भगालो पश्चिम पसेको छ भने कटानको क्रम जारी रहेकाले झन्डै ३ सय मिटर कटान गरेर जाने सम्भावना भएको हुनाले धारै परिर्वतन हुन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै स्थानियलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको कार्कीले जानकारी दिनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच