चार अर्बभन्दा बढी नाफा कमाउने पाँच वाणिज्य बैंक

Read Time = 4 mins

काठमाडौं । गत आर्थिक वर्षमा २६ वाणिज्य बैंकले ७४ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएका छन् । जुन नाफा अघिल्लो आवको तुलनामा २३ प्रतिशत बढी हो । अघिल्लो आवमा ६० अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । गत आवमा सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । वाणिज्य बैंकले पाँच अर्ब २१ करोड नाफा कमाएकोे छ । बैंकले ३७ प्रतिशतले नाफा बढाएको हो । दोस्रोमा ग्लोबल आइएमई बैंकले पाँच अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ भने तेस्रोमा रहेको नबिल बैंकले चार अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ ।

नबिलले एनबी बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरिसकेको छ भने चौथोमा एनआइसी एसिया बैंकले चार अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ । पाँचौँमा नेपाल इन्भेस्टमेन्ट बैंकले चार अर्ब आठ करोड रुपैयाँ नाफा कमाएको छ भने प्राइम बैंकले तीन अर्ब ६८ करोड, नेपाल बैंकले तीन अर्ब २६ करोड तथा सिद्धार्थ बैंकले तीन अर्ब २१ करोड नाफा कमाएको छ ।

त्यस्तै कुमारी बैंकले दुई अर्ब ८३ करोड, मेगा बैंकले दुई अर्ब ८३ करोड, कृषि विकास बैंकले दुई अर्ब ६९ करोड, प्रभु बैंकले दुई अर्ब ६० करोड, एभरेस्ट बैंकले दुई अर्ब ५४ करोड, हिमालयन बैंकले दुई अर्ब ४८ करोड र सानिमा बैंकले दुई अर्ब २९ करोड नाफा कमाएको छ ।
त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब २६ करोड, सिटिजन्स बैंकले दुई अर्ब २५ करोड, माछापुच्छ«ेले दुई अर्ब १६ करोड, सनराइज बैंकले दुई अर्ब १५ करोड र एनसिसी बैंकले दुई अर्ब दुई करोड नाफा कमाएको छ ।

बैंक अफ काठमाण्डुले एक अर्ब ८२ करोड, एसबिआई बैंकले एक अर्ब ६३ करोड, लक्ष्मी बैंकले एक अर्ब ६० करोड, सिभिल बैंकले एक अर्ब ३८ करोड र सेञ्चुरी बैंकले एक अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ ।

सानिमा बैंक, कृषि विकास बैंक र हिमालयन बैंकको नाफा भने घटेको छ । कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै २६ प्रतिशत र हिमालयन बैंकको १७ प्रतिशत र सानिमाको एक प्रतिशतले नाफा घटेको छ । बैंकहरूको औसत नाफा दुई अर्ब ८७ करोड रुपैयाँ रहेको छ । हाल छवटा वाणिज्य बैंक मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका छन् ।

व्याजदर नबढ्ने
नेपाल बैकर्स संघले तत्कालका लागि व्याजदर नबढाउने सहमति गरेको छ । संघको हालै सम्पन्न बैठकले अहिलेका लागि व्याजदर यथावत् राख्ने सहमति गरेको हो । तर, भदौ महिनामा के गर्ने भन्नेबारेमा साउनको अन्तिममा निर्णय लिने संघले जनाएको छ । नेपाल राष्ट्र बैंकले बैंकदरलाई सात प्रतिशतबाट बढाएर साढे आठ प्रतिशत बनाएको छ भने एकीकृत निर्देशिकामा संस्थागततर्फ मुद्दती निक्षेपको व्याजदर व्यक्तिगतभन्दा दुई प्रतिशतले कम हुनुपर्ने निर्देशन दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?