
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको निर्देशन विपरीत प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गर्नुभएको छ ।
उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरुको सहयोगमा उहाँले हाजिर गर्नुभएको हो ।
साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा महानगरका कर्मचारीहरु तलव पाउनबाट वञ्चित भएका थिए ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो ।
गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारीले स्वागतमा हुनुहुन्थ्यो ।
कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए । प्रमुख बालेनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लगाइएको थियो तर कर्मचारीहरुले ताल फोडेर गुरागाईंलाई हाजिर गराएका हुन् ।
कार्यकारीलाई कार्यकक्षमा प्रवेश गर्न नदिन बालेनले बिहानैदेखि नगर प्रहरीलाई कार्यालयमा खटाउनु भएको थियो । तर, कर्मचारी र जनप्रतिनिधिले घेरेर गुरागाईंलाई कार्यालय प्रवेश गराएका थिए ।
यसैबीच महानगरपालिकाकी उपमेयर डंगोलले कोठामा बसेर निर्देशन नदिन मेयर बालेन साहलाई चेतावनी दिनुभएको छ ।
अहिले उपमेयर सुनिता डंगोलसहितको बैठक बसेको छ । ढोका फोरेर कार्यकारी अधिकृत कार्यकक्षमा प्रवेश गरेपछि उपमेयर र जनप्रतिनिधिसहितको बैठक बसेको हो ।
बैठकमा उपमेयर डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको बताउँदै मेयरलाई कोठामा बसेर निर्देशन नदिन आग्रह गर्नुभयो । एउटा कर्मचारी कार्यालयमा हाजिर हुन आउँदा यो किसिमको झडप हुनु राम्रो नभएको उहाँले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार आफू रहेको बताउनु हुँदै उहाँले भन्नुभयो, ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उहाँले भन्नुभयो, ‘पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’
काठमाडौं टावरको नक्सा पास गर्दा अनियमितता गरेको आरोप लगाउँदै गुरागाईंलाई बालेनले पुस ५ गते प्रमुख प्रशासकीय अधिकृतबाट हटाउनु भएको भयो ।
गुरागाईंलाई हटाएर नयाँ कार्यकारी अधिकृत पठाउन बालेनले गरेको आग्रह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्वीकार गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच