
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको वायु प्रदुषण रोक्न सरकारले यथाशक्य छिटो निर्णय गर्ने बताउनुभएको छ ।
बिहीवार काठमाडौं उपत्यकाको वायु प्रदुषण कम गर्न विज्ञहरुको सुझाव लिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले विज्ञहरुको सुझावका आधारमा अन्य सरोकारवाला निकायहरुसँग समेत छलफल गरेर अघि बढ्ने बताउनु भयो । उद्योगधन्दा र कलकारखानाहरुको माध्यमबाट भइहरको वायु प्रदुषण रोक्न आवश्यक पहल गर्ने मन्त्री सिंहको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘चाँडै अन्य सम्बन्धीत निकायहरुसँग समेत छलफल गरेर तत्काल गर्नुपर्ने कामहरु सरकारले गर्छ । विज्ञको सुझावका आधारमा वायु प्रदुषण कम गर्न तत्काल निर्णय गर्छौं ।’
काठमाडौमा वायु प्रदुषणले खतराको तह पार गरेपछि सरकारले प्रदुषण कम गर्न विज्ञको सुझाव लिएको हो । विज्ञहरुले वायु प्रदुषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिन सुझाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच