नेकपा एसको सचिवालय बैठक आज बस्दै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

गत शुक्रबारदेखि जारी भएको केन्द्रीय सचिवालय बैठक आज पनि बस्न लागेको हो । सोमबार भने बैठक बसेको थिएन ।

सचिवालयका सदस्यहरूले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठक बिहान ९ बजेदेखि सुरु हुनेछ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक बस्नेछ ।

समसामयिक घटनाक्रम, संगठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रीत गरिएको बैठकमा आइतबार सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा. विजय पौडेल र डा. गंगालाल तुलाधरले आफ्ना धारणा राख्नुभएको थियो ।

आजको बैठक अन्य नेताहरूले धारणा राख्ने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?