एनएमबीलाई आइएफसीबाट साढे दुई करोड डलर

Read Time = 2 mins

काठमाडौं । एनएमबी बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आइएफसीबाट दुई करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । सोसम्बन्धी सम्झौतापत्रमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेसनल फाइनान्स कर्पोरेसनको दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङले बिहीबार एक कार्यक्रमबीच हस्ताक्षर गर्नुभएको छ ।

उक्त कर्जाले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन सहयोग पुग्ने बैंकले जनाएको छ । एनएमबी चार वर्षको अवधिमा आइएफसीबाट लगातार तीनपटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोरोनाका कारणले साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र सो क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले नेपाल राष्ट्र बैंकले विदेशबाट ल्याउने ऋणको सीमा हटाएमा बैंकलाई अझै सहज हुने बताउनुभएको छ । हाल राष्ट्र बैंकले बैंकहरूलाई विदेशी कर्जा ल्याउन सीमा तोकेको बताउँदै सीमा हटाएमा बैंकहरूले पाँच खर्ब ५० अर्ब रकम विदेशबाट ल्याउन सक्ने दाबी गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?