जनताभन्दा ठूलो कोही छैन, उनीहरुको साथ र समर्थन लिनु आवश्यक छः प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाण्डाैं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले सो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नु भयो । काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा सोमबारबाट सुरु भएको कार्यक्रममा बोल्दै उहाँले सो निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लागन पनि पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

लोकतन्त्रमा जनताभन्दा ठूलो अरु कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले सत्तारुढ गठबन्धन मिलेर निर्वाचनमा गएकाले स्थानीय तह निर्वाचनमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने तयारी गरिरहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि सफलता हात पार्नका लागि जनताको मन जित्नुपर्ने र त्यसका लागि स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नु भयो, ‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ । कोभिडबाट जनताको जीवनलाई सहज बनाउने चुनौति पनि थियो । त्यस्तै देशमा सुशासन, लोकतान्त्रिक मूल्यमान्यता र संविधानको भावना अनुसार देशको शासन सत्ता चलाउने चुनौति पनि थियो । एमसीसीबारे व्यापक भ्रम सृजना गरिएको थियो । ती सबै समस्या समाधान गर्न मेरो नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको हो । स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भएको छ । यो निर्वाचनमा नेपाली काँग्रेसले महत्वपूर्ण सफलता हासिल गरेको छ । अव हाम्रो ध्यान आगामी मंसीर ४ गते हुने आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन तपाईहरुको ठूलो भूमिका हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसैले सम्पूर्ण पार्टी पंक्तिलाई जिताउनका लागि सक्रियताका साथ लाग्नुहुनेछ आम निर्वाचनमा ७४ सालमा हामी एक्लै चुनाव लडनुपर्ने स्थिति थियो । विपक्ष गठबन्धन बनेपछि हामीले पराजय हुनुपर्‍यो । यसपाली हामी गठबन्धन सरकारमा छौं । गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा सफलता हासिल गरेका हौं । फेरी गठबन्धन गरेर जानका लागि हामीले छलफल गरिरहेका छाैं । स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको मन जित्ने काम गर्नु पर्दछ । जुन ठाउँमा जनताकाे मन जितिएको छ, कामहरु भएका छन । त्यहाँ एक्लै चुनाव लडदा पनि सफलता पाएका छौं । त्यसैले आउँदा दिनहरुमा पनि सार्वभौमसत्ता सम्पन्न जनताको हितमा अव आउने चुनावमा जनताको समर्थन प्राप्त गर्नलाई पार्टीका सबै साथीहरुले त्यस काममा लागेर जनताको दिल जित्यौं भने हामीले अवश्य पनि चुनाव जित्नेछौं । जनताभन्दा ठूलो कोही छैनन् । उनीहरुको साथ, समर्थन लिनु आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले कोभिड संकट समाधान गराउन, संवैधानिक मूल्यमान्यता अनुसार मुलुकलाई अघि बढाउन, एमसीसीबारे भएको भ्रम चिर्न आफू नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको दावी समेत गर्नु भयो ।

कार्यक्रममा बोल्दै काँग्रेस उपसभापति धनराज गुरुङले पार्टीलाई आगामी आम निर्वाचनमा बहुमत नजिकको पार्टी हुने गरी विजयी गराउने काममा पार्टीबाट निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?