मेयर बालेन साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश, लिखित जवाफ माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरेर लिखित जवाफ माग गर्न आदेश भएको जानकारी दिन्भयो ।

साहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा निवेदन पेस गर्नुभएको थियो । उक्त निवेदनमाथि मंगलबार न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो । उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै मेयर साहले सामाजिक सञ्जालमा घोषणा गर्नुभएको थियो । उहाँले अदालतलाई विभिन्न आक्षेप लगाउनुभएको थियो । हिन्दी सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनीमाथि मेयर साहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

आफ्नो निर्णय रोक्न उच्च अदालत पाटनले रोक लगाएपछि मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको थियो, ‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?