ठाकुर बेल्वासेलाई एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार

Read Time = 3 mins

काठमाडौं । नेपाल सरकारले पत्रकार ठाकुर बेल्वासेलाई राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७८ प्रदान गरेको छ । साढे दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका बेल्वासेलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक लाख राशिसहितको उक्त पुरस्कार प्रदान गरेको हो ।

सरकारले वरिष्ठ पत्रकार सम्मान २०७८ किशोर नेपाल र तारानाथ दाहाललाई प्रदान गरेको छ । यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू बालकुमार नेपाल, डिआर पन्त, गंगा बराल, सम्झना वन र इकबाल अहमदलाई पुरस्कृत गरेको छ । पुरस्कृत पत्रकारहरूलाई राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

२०५४ सालदेखि पत्रकारिता गर्दै आउनुभएका बेल्वासे रेडियो र टेलिभिजन पत्रकारितामा लोकप्रिय हुनुहुन्छ । २०५४ सालदेखि जनसत्ता सप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका बेल्वासेले दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गर्नुभएको छ । बेल्वासे पछिल्लो समय एपी वान टेलिभिजनसँग आबद्ध हुनुहुन्छ ।

पत्रकारितासँगै नेपाली साहित्य क्षेत्रमा पनि बेल्बासेको शसक्त उपस्थिति रहेको छ । नेपाली कविता सहित्यमा स्थापित कवि बेल्वासेका चारा कविता कृति प्रकाशित छन् । उहाँले राष्ट्रिय कविता महोत्सव २०५८ मा तृतीय र २०६९ मा प्रथम स्थान हासिल गर्नुभएको थियो । यस्तै, बेल्वासेको कविता कृति ‘त्रासमा ईश्वर’ले २०६९ सालको साझा पुरस्कार प्राप्त गरेको छ ।

बेल्वासेले मोती पुरस्कार, स–सिद्धि राष्ट्रिय प्रतिभा पुरस्कार, भोग्यप्रसाद शाह राष्ट्रिय पत्रकारिता पुरस्कर, लुनकरणदास-गंगादेवी चौधरी प्रतिभा पुरस्करलगायत दर्जनभन्दा बढी पुरस्कार एवं सम्मान प्राप्त गर्नुभएको छ । प्रेस काउन्सिलका सदस्यसमेत रहनुभएका बेल्वासे हाल देशबाहिर रहेकाले नेपाल फर्किएपछि पुरस्कार ग्रहण गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?