यू-२० एसियन कपका लागि खेलाडी घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बहराइनमा हुने यू-२० एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा २५ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले २५ सदस्यीय टोली घोषणा गर्नुभएको हो ।

टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा लगातार प्रशिक्षण गरिरहेको छ । साफ यू-२० को अन्तिम टोलीमा रहनुभएका सोनित दाहाल, आयुष श्रेष्ठ, रोशन थापा, मोहित गुरुङ र रोहित सुब्बाले टोलीमा स्थान बनाउन सक्नुभएन । टोपबहादुर राना, जान ताम्ली, शेखर खवास, स्यान्सु भुषाल, राज थोकर, राकेश विश्वकर्मा र सञ्जीव लामा टोलीमा थपिनुभएको छ ।

सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा नेपालले कतार, बहराइन, बङ्गलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले १० सेप्टेम्बरमा भुटानसँग खेल्दै यू-२० एसियन कप छनोटको सुरुवात गर्नेछ । त्यसपछि नेपालले १२ सेप्टेम्बरमा कतार, १४ सेप्टेम्बरमा बहराइन र १८ सेप्टेम्बरमा बङ्गलादेशसँग खेल्ने तालिका छ ।

२५ सदस्यीय नेपाली टोलीको गोलकिपरमा ईश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख र टोपबहादुर राना, डिफेन्डरमा अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, र्सिजन धानी, अभिषेक वाइबा, जान ताम्ली, शेखर खवास, स्यान्सु भुषाल र राज थोकर रहनुभएको छ ।

यस्तै मिडफिल्डरमा दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिशरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा र सञ्जीव लामा तथा फरवार्डमा निराजन मल्ल र रोहन खड्गी रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?