६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ ।

सडक खण्डको भरतपुर-२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

मंगलबार राति साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?