धनगढी । कैलालीमा डेंगुका कारण थप एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको बताइएको छ ।
टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बालिकाको उपचारका क्रममा बुधबार नै नेपालगञ्ज भेरी अस्पतालमा मृत्यु भएको र यसबारे बिहीबारमात्र जानकारी प्राप्त भएको बताउनु भयो ।
सिकिस्त बिरामी भएकी बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको थियो ।
यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच