एनसेलको डाटा अफर

Read Time = 1 min

काठमाडौं । एनसेल आजियाटाले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै रिचार्जमा बोनस डाटा अफर ल्याएको छ । अफरमा ग्राहकले एनसेल एपमार्फत् आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरूप ५० एमबीदेखि पाँच सय एमबीसम्म डाटा पाउनेछन् ।

ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमका आधारमा बोनस डाटा पाउने कम्पनीले जनाएको छ । एपमार्फत् ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले एक दिनका लागि मान्य हुने ५० एमबी डाटा पाउनेछन् भने सय रुपैयाँदेखि एक सय ९९ रुपैयाँसम्म रिचार्जमा तीन दिनको दुई सय एमबी डाटा पाइनेछ भने दुई सय वा सोभन्दा बढीको रिचार्जमा पाँच सय एमबी डाटा पाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?