बालअधिकार सम्बन्धी कानुनी प्रावधान प्रभावकारी कार्यान्वयन गर्नुपर्छ : राष्ट्रपति भण्डारी

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैका लागि बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा आज(बुधबार) शुभकामना सन्देश दिँदै उहाँले राज्यबाट संवैधानिक‚ नीतिगत‚ कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिका अझै पनि आफ्नो बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताको आधारभूत अधिकारबाट बञ्चित हुनु परेको अवस्था कायमै रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको बताउनुभयो ।

उहाँले राज्यबाट संवैधानिक‚ नीतिगत‚ कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि आफ्नो बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताको आधारभूत अधिकारबाट वञ्चित हुनु परेको अवस्था कायमै रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले बाल अधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै सबैका लागि बाल अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न सम्बद्ध पक्षको ध्यान आकृष्ट समेत गर्नुभयो ।

‘यस अवसरमा म बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बाल अधिकारकर्मी, सामाजिक सङ्घसंस्था, नागरिक समाज‚ निजी क्षेत्रले निर्वाह गर्दै आएको भूमिकाका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।’ राष्ट्रपति भण्डारीले सन्देशमार्फत भन्नुभएको छ ।

आजका बालबालिका नै भविष्यका कर्णधार भएकाले भन्नुहुँदै उहाँले उनीहरूको उचित पालनपोषण‚ शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न हामी सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घीय बाल अधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाइँदै आइएको छ । यस वर्ष पनि ‘बालमैत्री समाजको आधारस् जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मूल विषयका साथ राष्ट्रिय बाल दिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?