राष्ट्रिय बाल दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ नाराका साथ आज ५८औं राष्ट्रिय बाल दिवस मनाइँदैछ ।

हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई सेप्टेम्बर १४, १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण तथा बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा बालदिवसमा पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहले सुरू गरेको इतिहासमा उल्लेख छ ।

नेपालमा हरेक बर्ष बाल दिवस मनाइँदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको पाइदैन । अझैपनि बालश्रम शोषणको घटना उत्तिकै छ भने सडकबालबालिका देखि बालबालिकाको बेचविखन तथा विद्यालय जान पाउने अधिकारबाट बच्चित बालबालिकाको संख्या ठूलो रहेको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले सबैका लागि बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले राज्यबाट संवैधानिक‚ नीतिगत‚ कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिका अझै पनि आफ्नो बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताको आधारभूत अधिकारबाट बञ्चित हुनु परेको अवस्था कायमै रहेको उल्लेख गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?