विद्युत प्राधिकरणमा जागिर खुल्यो, सह-निर्देशकदेखि मिटर रिडरसम्मको माग

Read Time = 1 min

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कर्मचारी माग गरेको छ । विभिन्न पदका लागि प्राधिकरणले दरखास्त आह्वान गरेको हो ।

लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो । प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ ।

प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक, एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ ।

योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिर्नेले २७ असोजसम्म दरखास्त दिन सकिनेछ । प्राधिकरणले गरेको उक्त आह्वानको विज्ञापन आजको गोरखापत्रमा हेर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?