धनगढी । लागूऔषधसहित कैलाली प्रहरीले धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई सोमबार साँझ सडकबाटै अवैध लागूऔषध (चरेश जस्तो देखिने पदार्थ) सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कमल भुल, नविन दौल्याल र विनोद सिंह रहेका छन् । उनीहरूको साथबाट ७ सय ५० ग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच