मोदी र किसिदाबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

टोकियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री फुमियो किसिदाबीच भेटवार्ता भएको छ ।

दिवंगत नेता सिन्जो आबेको अन्तिम संस्कारका क्रममा जापान भ्रमणमा रहेका प्रधानमन्त्री मोदीको जापानी समकक्षीसँग भेटवार्ता भएको हो । दुई नेताबीच साझा चासो, दुई पक्षीय हित र सरोकारका विषयमा छलफल भएको थियो ।

आबेको अन्तेष्टिमा सहभागी हुन विश्वका नेता र विशिष्ट व्यक्ति टोकियो पुगेका थिए । सर्वसाधारणको चौतर्फी विरोधबीच आबेको राजकीय अन्तेष्टि सम्पन्न भएको छ ।

आबेको गत जुलाई ८ मा जापानको नारा सहरमा एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली हानेर हत्या भएको थियो । उनी ७६ वर्षका थिए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?