-विशाल चौलागाईं
काठमाडौं । मेरो जन्मभुमि घर काभ्रे कोसिपारि चौरिदेउरालि-५ चौरि हो।
काठमाडौ उपत्यकाको तीनै जिल्लासँग सिमाना जोडिएको भाग्यमानी जिल्ला भएको हुनाले काभ्रे सबैले थाहा पाए पनि । धेरै नेपालीका लागि नयाँ भुमि हो काभ्रे कोसिपारि। कोसिपारि शासकको नजरमा नपरेको उपत्यकाको नजिकको भुभाग हो। कोसिपारिमा दुई स्थानीय तह छन् । एक चौरिदेउरालि र दुई भुम्लु गाउँपालिका ।
चौरिदेउरालि गाउपालिका चौरिखोलाको किनारबाट सुनकोसि किनारसम्म फैलिएको छ। चौरिदेउरालिमा पनि चौरि गाबिस उत्पादन र जनसंख्याको हिसाबले सबैलाई ठुलो वडा हो । काठमाडौ कोटेश्वरबाट ४० किलोमिटर सडक दुरिमा रहेको यस ठाउमा हरेक चाडपर्व उत्सव, कार्यक्रम, भेला, धेरै मान्छेको उपस्थितिमा रमाइलो गरि सम्पन्न हुने स्थान मध्ये एक हो पोखरि चौरि ।
पोखरि चौरि ग्रामीण भेगमा बाक्लो बस्ति रहेको वडा हो । जबसम्म जनसंख्या बसाइँसराइ सुरु भएको थिएन तब सम्म चौरि सबैको रोजाईको स्थान थियो। यहाँ विशेष चौलागाईं ,गौतम थरका बस्ति बाक्लो छन साथै कोइराला, दहाल, बुढाथोकी पोखरेल रसाईलि आदी जातजातिका समुदायको बसोबास रहेको छ, भने रोचक त के छ भने यो काभ्रेकै जनजाति नभएको एक मात्रै वडा समेत हो पोखरि चौरि ।
चौरिदेउरालि गाउँपालिका काठमाडौंको नजिक रहेर पनि उत्पादनको उचित बजार नपाएको ठाउँ हो । यहाँका उत्पादन बजारमा समयमा नपुग्ने कारण नै कृषि उत्पादन बाट युवा पुस्ता कृषि पुर्ण रुपले छाड्दै छन र नयाँ पेसा ब्यवसाय, जागिर, बैदेशिक रोजगारीको लागि तयारी र त्यसमै भविष्य खोज्दै छन।
यहाँबाट काठमाडौं र तराइका जिल्लामा बसाइ सर्ने चलन ६०/७० बर्ष अघिबाट नै सुरु भए पनि त्यसलाइ माओवादी जनयुद्धको त्रासले मान्छे शहर छिरे भने, बढ्दो शहरीकरणको प्रत्यक्ष चपेटामा परिरहेको छ अहिले चौरिदेउरालि । यस्तै वातावरण रहे अबको केही बर्षमा गाउँ एउटा खण्डहरमा बद्लिनेमा दुई मत छैन । पहिला पानी बत्ती सडक शिक्षा अभावमा बसाइँसराइ भयो भन्ने गरिन्थो अहिले गाउँमा धेरै ठुला खानेपानी, कालोपत्र भएको पक्कि सडक, केन्द्रीय प्रसारणको जलविद्युत, शिक्षाका क्षेत्रमा धेरै अब्बल बिद्यालयहरू आदिको सुबिधा छ। तर गाउँ खालि हुँदै गएको छ।
गाउँमा फर्कने र रमाइलो गर्ने । गाउँ बाहिर बसेर पेसा व्यवसाय गर्नेका लागि गाउँ फर्कने सबैभन्दा उचित समय दशै जस्ता चाडपर्व नै हुन। तर अहिलेका दशैँ पहिला जस्तो उमङ्ग र रौनकमा चलिरहेको छैन । गाउँमा थोरै मान्छे आएका छन्। धेरै स्थानमा हालिने लिंगे पिङहरू सायदै देखिन थालेका छन्। नाच्ने गाउने आदि क्रियाकलाप त ग्रामिण भेगमा लोप नै भइसक्यो भन्दा फरक नपर्ला। गाउँमा आफ्ना पुराना साथि भाइसंगै नहुँदा घरका छोरी छोरी वैदेशिक रोजगारीमा गएका मान्छे । शहरमा बसेका मान्छे सम्झेर होला यता आएका मान्छे पनि रमाउन नसकेको झै लाग्छ।
दशैँ अब पर्व, उमङ्ग र जति हुनुपर्ने उत्साह उमङ्ग रहेन् । यो कर्तव्य पालना गरे, जस्तोमा परिवर्तन भईसक्यो । यस पर्वमा रमाउने हैन अब मनाउन कर्तव्य पालन गरेजस्तो भइसकेको आभाष हुन्छ। भेटेका मान्छे आएको दिन र जाने दिन गनिरहेका छन् छट्पटिएका छन्। पुस्तौंदेखि यहि भुभागमा रमाएको समुदाय र हालका हामी युवा पुस्तामा केको छाप पर्यो ताकि ३०/४० रोपनि जग्गा भएको गाउमा नरमाएर काठमाडौ छिरेका हामी दुई/तीन आना जग्गामा कहिले सम्म कुन रुपमा रमाउन सक्छौ होला ?
अब चाडपर्वहरू चाडपर्व रहेनन्। यी त कर्तब्य पालन गर्नुपर्ने कहर लगाएर मनाउन लगाएको कसैबाट थोपरिएको बोझ जस्तो रुपमा मनाउन थालेको अभाष हुन्छ। मान्छे दशैमा जति उत्साहित हुन्थे ,आफन्त मान्यजनबाट टीका आशिर्वाद ग्रहण का लागि जति लालहित हुन्थे अब त्यो रहेन्। धेरै मान्छे आफन्त मान्यजन भेटघाट भन्दा समाजिक सञ्जाल,मा रमाएको प्रश्ट देखिन्छ । लिङ्गे पिङ, मादल गीत भन्दा पब्जि र तासमा धेरै झुमिएको पाइन्छ। अब दशैँमा उमङ्ग रहेन। जमरा नबदुर्गा पुजा त अब ग्रामिण भेगबाट समेत लोप हुन थालिसक्यो।
हामिले हाम्रो संस्कृति,चाडपर्व नजोगाए ,हामी कसरी रमाउला र । हाम्रो मान्यजन ले हामिलाई टीका लगाइदिदै दिएका शुभेच्छा का ती शब्द कहिले सुन्न पाउँला । रातोटिका, जमरा ,लगाएर लिङ्गे पिङ खेल्दै गरेका दृश्य हामिले नजोगाए कस्ले जोगाउला र ।दशै कर्तव्य हैन यो उत्सब हो उमङ्ग हो ।यसलाई भरपुर सदुपयोग गर्दै रमाउने प्रयास गरु समाजिक सञ्जाल बाहिर नि एउटा छुट्टै रमाइलो संसार छ। हाम्रा पर्व बैज्ञानिक ,सुसंस्कृत,अब्बल माटो सुवाउदो छन । यिनलाई जगेर्ना गरौ दशैलाई पैसाको अडम्बर र आधुनिकताको सिकार हुन बाट जोगाउ सनातन परम्परालाई जस्तो छ त्यस्तै अपनाउ हाम्रो चाडपर्व हाम्रा अमुल्य सम्पति हुन।
अन्तिमा सबैलाई बिजया दशमीको धेरै धेरै शुभकामना दुर्गा मताले हामी सबैलाई रक्षा गरुण्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच