उपनिर्वाचनको कार्यतालिका : चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

आउँदो वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका निम्ति कार्यतालिका स्वीकृत गरिएको हो ।

जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

कार्यतालिका अनुसार, यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।

चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । चैत २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *