काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजले स्रष्टा सम्मान तथा विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम हालै सम्पन्न गरेको छ । वरिष्ठ कलाकार हरिहर शर्माको प्रमुख आतिथ्यतामा तथा निर्देशक बबिता श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रममा बडादशैँको शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मानको कार्यक्रम नेपाल म्युजिक भिडियो निर्देशक समाजको आयोजना गरेको हो ।
कार्यक्रममा सहेन्द्र श्रेष्ठ, संगीता श्रेष्ठ र प्रकाश भट्ट सम्मानित हुनुभएको थियो । कार्यक्रममा कलाकार दीपाश्री निरौला, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र नृत्य संघका महासचिव दीपेन्द्र तिमल्सिनालगायतको उपस्थिति थियो भने संरक्षक बाबुराम केसी, सल्लाहकारमा नारायण रायमाझी, ओम अग्रवाल र शिव विक रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच