कथाकार गुप्त प्रधानको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

दार्जिलिङ । कथाकार गुप्त प्रधानको निधन भएको छ । नेपाली भाषी प्रसिद्ध भारतीय कथाकार गुप्त प्रधानको निधन भएको हो । भारतको दार्जिलिङस्थित आफ्नै निवासमा बुधबार बिहान उहाँको निधन भएको हो ।

विसं २००२ मा ब्लुमफिल्ड, दार्जिलिङमा जन्मिनुभएका कथाकार प्रधानले सन् १९६५ मा जनदूत पत्रिकामा ‘बनिदेऊ’ शीर्षकको कविता प्रकाशित गरी साहित्य लेखन प्रारम्भ गर्नुभएको थियो । उहाँका ‘मान्छे मान्छेकै बस्तीभित्र,’ ‘अक्षरै अक्षरको सहर,’ ‘विराम चिहृनहरू,’ ‘जूनका अनुहारहरू’ लगायत कथासंग्र्रह प्रकाशन र विस्थापन उपन्यासको सहलेखनसमेत सार्वजनिक छन् ।

उहाँको ‘समयका प्रतिबिम्बहरू’ कथा संग्र्रहले २०१५ मा भारतको साहित्य अकादमी पुरस्कार प्राप्त गरेको थियो भने नेपाली साहित्यको संरक्षण, संवद्र्धन र विकासमा महŒवपूर्ण योगदान गरेबापत सन् २०२० मा परदेशी साहित्यिक पत्रिकाले परदेशी गुप्त प्रधान अभिनन्दन ग्रन्थ प्रकाशन गरी सम्मानसमेत गरेका थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?