विश्व मधुमेह दिवसको अवसरमा नि:शुल्क मधुमेह परीक्षण तथा परामर्श शिविर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्व मधुमेह दिवस, नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइएको छ ।

मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गर्नुभएका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखि यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त राष्ट्र संघले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो ।

यसैबीच, दिवसका अवसरमा सोमबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित रिमा सेवा समाजमा धनयोगा फाउन्डेसन, नेपालले दि इटर्नल फाउन्डेसन, चाहना केयर र बूढानीकलण्ठ नगरपालिकाको सहकार्यमा निःशुल्क मधुमेह परीक्षण तथा परामर्श शिविरका साथै भोजन वितरण कार्यक्रम सञ्चालन गरिएको छ ।

शिविरमा उक्त समाजमा आश्रित ३० जना बृद्धबृद्धा तथा फरक क्षमताका व्यक्तिहरूको मधुमेहसम्बन्धी परीक्षण गरिएको थियो । शिविरमा बाल दम तथा एलर्जी विशेषज्ञ डा. महेशकुमार गौतम, चाहना केयरका डा. रूप नारायण शाह, प्रसूतीगृहकी डा. इबिजा तिवारीलगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

बूढानीलकण्ठ नगरपालिकाकी उपाध्यक्ष अनिता लामाको आतिथ्यतामा सम्पन्न उक्त शिविर तथा भोजन वितरण कार्यक्रममा धनयोगा फाउन्डेसन, दि इटर्नल फाउन्डेसन, चाहना केयर, रिमा सेवा समाज तथा बूढानीलकण्ठ नगरपालिका, जनस्वास्थ्य शाखाका पदाधिकारीहरूको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?