काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नायव सुब्बालाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायव सुब्बा प्रमोद पाण्डेलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी आयोगमा परेको थियो ।
सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो । पाण्डेलाई उनकै कार्यकक्षबाट मंगलबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच