यु-१९ क्रिकेटको उपाधि कञ्चनपुरलाई

Read Time = 2 mins

कञ्चनपुर । यू-१९ सुदूरपश्चिम प्रदेश एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले हात पारेको छ । महेन्द्रनगरस्थित कभर्डहलको खेलमैदानमा भएको फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरको खेलमा १६ दशमलव चार ओभरमा सम्पूर्ण विकेटको क्षतिमा मात्र ४१ रन जोड्न सक्यो ।

डडेल्धुराका लागि कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ कञ्चनपुरका लागि हेमन्त धामीले पाँच ओभरमा पाँच रन खर्चंँदै सर्वाधिक हृयाट्रिकसहित पाँच विकेट लिएर टिमलाई विजय दिलाउन सफल हुनुभयो । ४२ रनको झिनो लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको कञ्चनपुरले आठ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै विजयी भयो । कञ्चनपुरका

लागि कप्तान अनुराग सिंहले २३ बलमा अविजित १९ रन बनाउनुभयो । राहुल चन्दले १७ बलमा १२ रन बनाउन सफल हुनुभयो ।
बलिङतर्फ डडेल्धुराका लागि कप्तान कैलाश ऐरले चार दशमलव एक ओभरमा २५ रन खर्चँदा कृष्ण विष्टले पनि एक ओभरमा एक रन खर्चंदै समान एक-एक विकेट लिन सफल हुनुभयो । उक्त खेलमा म्यान अफ दि म्याच कञ्चनपुरका हेमन्त धामी घोषित हुनुभयो । जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी धामीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिएको जानकारी दिनुभयो । त्यसैगरी डडेल्धुराका दीपक बोहरा उत्कृष्ट ब्याट्सम्यान तथा अछामका युवराज खत्री प्रतियोगिताको उत्कृष्ट बलरको अवार्डबाट सम्मानित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?