इंग्ल्याण्डमाथि अष्ट्रेलियाको जित

Read Time = 3 mins

लण्डन । अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्याण्डमाथि ६ विकेटको जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा एक-शून्यको अग्रता लिएको छ । जितको लागि २८८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा स्टिभ स्मिथ ७८ बलमा नौ चौका र एक छक्कासहित ८० रनमा अविजित रहनुभयो । ओपनर डेविड वार्नर र ट्रविस हेडले १९.४ ओभरमा १४७ रनको साझेदारी गरेपछि टोलीको जितको आधार बनेको थियो । वार्नरले ८४ बलमा १० चौका र एकछक्कासहित ८६ रन जोड्नुभयो । हेड ५७ बलमा १० चौका र एक छक्कासहित ६९ रन, मार्नस लाबुसेन चार र एलेक्स केरी २१ रनमा आउट हुनुभयो ।

त्यसबाहेक क्यामरन ग्रीन २० रनमा अविजित रहनुभयो । इंग्ल्याण्डका डेविड विल्लीले दुई, क्रिस जोर्डन र लियाम डावसनले एक-एक विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २८७ रन बनाएको थियो । इंग्ल्याण्डका डेविड मलानले १२८ बलमा १२ चौका र चार छक्कासहित १३४ रनको सानदार शतकीय इनिङ खेल्नुभयो । उहाँ खेलको प्लेयर अफ द म्याच चुनिनुभयो ।

त्यसबाहेक ओपनर जेसन रोय ६, फिलिप साल्ट १४, जेम्स भिन्स पाँच, साम बिलिंग्स १७, जस बटलर २९ र क्रिस जोर्डन १४ रनमा आउट हुनुभयो । डेविड विल्लीले ४० बलमा तीन चौकासहित ३४ रन जोड्नुभयो । अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले १० ओभरमा ६२ रन खर्चेर तीन विकेट लिनुभयो । एडम जाम्पाले १० ओभरमा ५५ रन खर्चेर तीन तथा मिचेल स्टार्क र मार्कस स्टोइनिसले एक-एक विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?