आस्था राउतको स्वरमा ‘कोसिस गर’

Read Time = 2 mins

काठमाडौं । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोसिस गर’ सार्वजनिक भएको छ । सावित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत, महाराज थापाको एरेञ्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ थिम बोकेको छ । ‘यो प्रेरणादायी गीत हो । यो गीतको भावमा जसले जे रंग पनि लगाउन सक्छ । त्यो आफ्नो बुझाइमा भरपर्ने हो’, आस्थाले भन्नुभयो । भिडियोमा गायिका आस्था, ‘द भ्वाइस अफ नेपाल’की रीता राई, ईश्वर लकाई खड्का, सरु दाहाल र खड्ग गन्धर्वलाई फिचरिङ गरिएको छ ।

गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ । दृष्टिविहीनको गीत गाउने चाहना, आत्महत्या गर्न तयार युवकले दृष्टिविहीनको गीत सुनेपछि आत्महत्या नगर्नु, गलत साथीको संगतमा परेका एक विद्यार्थीलाई सम्झाएपछि उसले खेल जित्नुलगायत दृश्यलाई मार्मिक ढंगले भिडियोमा देखाइएको छ ।

भिडियोमा गायिका एक घुमन्ते फोटोग्राफरका रूपमा प्रस्तुत हुनुभएको छ । जसले खिचेको भिडियो फुटेज हेरेर दृष्टिविहीन गायिकालाई संगीतकार सुरेश अधिकारीले गीत गाउन स्टुडियो बोलाउनुभएको छ ।

गायिका आस्थाकै युट्युब च्यानल आस्था राउतमार्फत सार्वजनिक भिडियोमा शान थापाको निर्देशन, पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको सहायक निर्देशन र सरिता मगरको मेकअप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?